स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते

स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते

saket bam

स्याङ्जामा सकेट बम पड्किँदा पूर्व सैनिक गोविन्द पुरी घाइते भएका छन् ।

दिउँसो ३ बजेतिर घरको सामान ओसारपोसार गर्ने क्रममा चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षीय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।

बमको छर्राबाट घाइते भएका पुरीको लुम्बिनी मेडिकल कलेज प्रभास (पाल्पा)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

पुरी स्वयंले प्रहरीलाई साँझ ५ बजे फोन गरेर जानकारी दिएका थिए । पूर्वसैनिकको घरमा बम कसरी रह्यो भन्नेसमेत नखुलिसकेको प्रहरीले बताएको छ । गिरी दुई वर्षअघि अवकाश भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ