रवि पक्राउपछि सूर्य थापाले भने- ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध‘ कलाविहीन नाटक

रवि पक्राउपछि सूर्य थापाले भने- ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध‘ कलाविहीन नाटक

Surya Thapa pic

पोखरा । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि ‘क्लिन चिट र सफाइ’ चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।

सहकारीको बचत रकम हिनामिनाको छानबिन गर्न सांसद थापा नेतृत्वमा बनेको संसदीय विशेष समितिले रविमाथि कारबाहीको सिफारिस गरेको थियो ।

तर, प्रतिवेदनपछि रास्वपाका नेताहरू र स्वयम् सभापति रविले पनि क्लिन चिट पाएको भन्दै टिप्पणी गरेका थिए।

त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा शुक्रवार रवि पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यसको प्रतिक्रियामा सांसद थापाले फेसबुकमा लेखेका छन्, ‘क्लिन चिट र सफाइ चलचित्र केही दिनमै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ ‘प्रतिशोध १’ त्यो पनि सुपर फ्लप हुने बाटोमा रहेको भन्दै थापाले प्रतीक्षा गर्न भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ