जिल्ला अदालत कास्कीले शुक्रबार गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म प्रहरीले लामिछानेलाई मात्र पक्राउ गरेको छ।
विभिन्न सहकारीको जिम्मेवारीमा रहेका अन्य १३ जनालाई प्रहरीले खोजिरहेको बुझिएको छ। अदालतले पक्राउ पुर्जी जारी गर्नेमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओम प्रकाश गुरुङ, सोही सहकारीसहित स्वर्णलक्ष्मी सहकारी काठमाडौंका देवेन्द्रबाबु राई छन्।
त्यस्तै, बचतकर्ताको रकम अपचलनमा जोडिएका विभिन्न सहकारीमा आबद्ध विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, विज्ञान राई, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पनि पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयबाट सोही पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता होबिन्द्र बोगटीको नेतृत्वमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला