राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा ल्याउने क्रममा विभिन्न ठाउँमा कार्यकर्ताहरू उग्र रूपमा प्रस्तुत भएका छन् ।
स्थलमार्गबाट पोखरा ल्याउने क्रममा लामिछानेलाई ल्याइएको पृथ्वीराजमार्ग रुटका विभिन्न स्थानका सडकमा पार्टीका नेता कार्यकर्ता भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
प्रहरीका अनुसार धादिङको नौबिसे, गल्छी, गजुरीलगायतका स्थानमा उनको पक्षमा प्रदर्शन भएका हुन् । प्रहरी गाडीमाथि पनि ढुंगा प्रहार गरिएको छ ।
सो क्रममा सडक अवरुद्ध पार्ने प्रयास समेत भएको प्रहरीको भनाइ छ । उसो त उनलाई पक्राउ गर्ने क्रममा पार्टी कार्यालय बनस्थलीमै पनि विरोध र नाराबाजी भएको थियो ।
लामिछानेलाई पक्राउको विरोधमा शनिबार पोखरामा समेत प्रदर्शनको तयारी गरिएको एक नेता बताउँछन् । यसबारे छलफल गर्न बेलुकी नै पोखरामा रास्वपाको प्रदेशस्तरीय बैठक बसेको थियो ।
सम्बन्धित खबर
रबि लामिछानेलाई पोखरा ल्याइपुर्याइयो, अब कसरी अघि बढ्छ प्रक्रिया ?
रवि लामिछानेलाई पोखरा ल्याउने क्रममा ठाउँठाउँमा प्रहरी गाडीमाथि ढुंगा प्रहार
जिवी-रवि पार्टनर छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप
ठगी र संगठित अपराधमा रवि पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी !
सहकारी ठगी प्रकरण: रविलाई पक्राउ गरी पोखरा ल्याइँदै
रवि लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीले लेखेको पत्र यस्तो थियो
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना