जिवी-रवि पार्टनर छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप

सहकारी ठगी प्रकरणः

जिवी-रवि पार्टनर छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप

Chhabilal-Joshi-Former-DIG

पोखरा — सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।

६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

दसैँ बिदाका कारण १७ असोजपछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ