काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ रास्वपा पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई पक्राउ गर्ने क्रममा राजस्वा कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
लामिछानेलाई सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउपछि स्थलमार्गबाट पोखरा ल्याइरहेको छ ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले माग गरे अनुसार शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले अनुमति दिएको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।
कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला