पुतलीबजार र विरुवाले स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ लिगमा विजयी सुरुवात गरेको छन् । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेको छ ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुतलीबजारले वालिङ्लाई २-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पुतलीबजारले वालिङ्माथी २२-२५, २५-२३ र २५-१५ को अङकले जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच पुतलीबजारका सन्जु विक्रम शाह बनेका थिए ।
त्यस्तै, दोस्रो खेलमा विरुवाले अर्जुनचौपारीलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
विरुवाले अर्जुनचौपारीमाथी २५-१९ र २५-१८ को अङकले सहज जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच विरुवाका संजोग परियार बनेका थिए ।
लिग चरणपछि शीर्ष चारमा रहने टोली क्वाटर फाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिता कार्तिक ५ गतेसम्म चल्ने रेफ्री संयोजक चित्र गुरुङले बताए ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वृतिय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ ।
सम्बन्धित खबर
स्याङ्जा आईसीसी प्रथम भलिबल कप : पुतलीबजार र विरुवाको विजयी सुरुवात
मुस्ताङमा इन्टरनेशनल माउण्टेन आर्ट फेस्टिभल
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना