असोजमा ५३ हजार ५ सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्।
असोजमा म्यानपावर कम्पनीमार्फत २४ हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृति लिनेहरू भमे १९ हजार ३ सय ५६ जना रहेका छन्। सबै प्रक्रियाबाट असोजमा ५३ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। गत बर्ष असोजमा ३१ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए।
साउदी १० हजार, कतार ९ हजार ७ सय, कुवेत ३ हजार ८ सय, कोरिया १ हजार १ सय ६ जना र जापान १ हजार ४ सय ५६ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।
मलेसियाको रोजगारी बन्द भएका कारण त्यहाँ जाने कामदारको संख्या घटेको विभागले जनाएको छ। गत मार्चदेखि मलेसियाको रोजगारी बन्द छ। असोज र कात्तिक नेपालीका चाडपर्वका महिना भएपनि वैदेशिक रोजगारमा जाने क्रम अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ।
सम्बन्धित खबर
असोजमा ५३ हजार कामको खोजी विदेशीए, मलेसिया ४३ जना मात्र
मध्यप्रदेशकी निकिता पोरवाल बनिन् ‘मिस इन्डिया २०२४’
विश्व चर्चित ब्याण्ड ‘वन डाइरेक्शन’ का गायक लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर मृत्यु
विश्व प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु