काठमाडौँ । प्रतिपक्षी दलको बैठकले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकले ठूला घोटला गर्नेहरू सरकारमै रहेकोले कारबाही त्यहीँबाट सुरु गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।
‘सहकारीभन्दा ठूला प्रकरणमा मुछिएकालाई जोगाएर अन्यलाई जबर्जस्ती फसाउन खोजिएकोले प्रतिवाद गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी ती नेताकाले भने, ‘सहकारी प्रकरणभन्दा ठूलो घोटलाहरू गिरीबन्धू टी स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू सरकारमा छन्। नीहरूदेखि कारबाही सुरु हुनुपर्यो।’
त्यस्तै बैठकमा माओवादी अध्यक्ष दाहालले सरकारमा रहेका दलहरू प्रतिपक्षी दललाई अध्यादेशमार्फत फुटाउन सक्रिए भएको सूचना पाएको बताएका थिए।
बैठकमा प्रचण्डले पनि रास्वपाका सभापति लामिछानेलाई पक्राउको तयारी भएको सूचना पाएको जानकारी गराएका थिए। लामिछाने सहकारी प्रकरणमा मुछिएका छन्। सरकारले यसअघि पनि उनलाई पक्राउको तयारी भएको बताउँदै आए पनि उनी पक्राउ परेका छैनन्।
गोरखा मिडियाका सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परिसकेका छन्। लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन पक्राउको तयारी भएको बुझिएको छ।
सम्बन्धित खबर
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ: प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु