नेपालले अमेरिकालाई उसकै मैदानमा १७ रनले हरायो

पहिलो टी-२० आई:

नेपालले अमेरिकालाई उसकै मैदानमा १७ रनले हरायो

दुई देशबीचको दोस्रो खेल आइतबार बिहान

nepal-vs-us

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा नेपाल विजयी भएको छ। ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन÷तीन र सैतेजा मुक्कामल्ला २ रन बनाए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७÷२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले दुई रन जोडे भने करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर दुई तथा अली खान र नोष्थुश केंजिगेले समान एक/एक विकेट लिए ।

दुई देशबीचको दोस्रो खेल नेपाली समयअनुसार आइतबार बिहान हुँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ