नेकपा एमालेका महासचिव शंकर पोखरेलले कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग नभएको बताएका छन् ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि बाँके पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले मिनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो नरहेको स्पष्ट पारे ।
महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरिरहेको बताए ।
महासचिव पोखरेलले भने, ‘गुरूङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौं ।’
महासचिव पोखरेलले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चार्यको विषय नभएको बताए । उनले गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको प्रष्ट पारे।
एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ।
उनले अन्य दलले पनि व्यवसायीसँग जग्गा र रकम सहयोग लिएर नै भवन निर्माण गरेको जानकारी गराए।
सम्बन्धित खबर
कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन – शंकर पोखरेल
रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
यो सरकार खरानीको डल्ला होइन, ‘फू’ गर्दा उड्ने : प्रधानमन्त्री ओली
प्रहरी समायोजन नहुँदा काम प्रभावितः मुख्यमन्त्री पाण्डे
पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौं: एमाले
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो