पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ।
आगामी मङ्सिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखराले गौसलाई अनुबन्ध गरेको हो। पोखरामा अनुबन्ध भएसँगै उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी समेत बनेका छन्।
३० वर्षीय गौस दाहिने हाते ब्याट्सम्यान हुन्।
उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन्। अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन्। सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए।
पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन्।
यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्।
पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्।
सम्बन्धित खबर
पोखराले आन्द्रेस गौसलाई भित्र्यायो, एनपीएलमा अनुबन्धन हुने पहिलो विदेशी खेलाडी
काठमाण्डौमा महिला साफ च्याम्पियनशिप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै
स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कप
महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा
बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
पोखरा मझेरीपाटनमा आयोजित छैटौं सेभेन ए साइड फुटबलको उपाधि आयोजक ‘ए’ लाई
यो पनि पढौँ
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु