स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कप

स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कप

volleyball

स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिति ) द्वारा वालिङ् खेल मैदानमा स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कपको आयोजना गरिएको छ ।

‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित कार्तिक २, ३ र ४ गते वालिङ् खेल मैदानमा हुने उक्त पुरुष भलिबल कपको प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहने प्रतियोगिताका सल्लाहकार टुकराज अर्यालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना स्थानका २५ हजार रुपियाँसहित कप मेडल र प्रमाणपत्र रहेको छ ।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई पुरस्कृत गरिने सल्लाहकार अर्यालले बताए ।

उनले स्याङ्‌जाली खेलाडीहरूको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

विभिन्न सामाजिक कार्य गर्दै आएको समितिको २० देशमा राष्ट्रिय समितिहरु छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ