स्वर्गद्वारी । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् । आज दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिए । उनका अनुसार कार सडकबाट २० मिटर तल जङ्गलमा खसेको थियो ।
कारमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ ।
त्यस्तै ५५ वर्षकी शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएकोसमेत थापाले जानकारी दिए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । उनीहरूलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेको समेत प्रहरीले जनाएको छ ।रासस
सम्बन्धित खबर
स्वर्गद्वारीबाट फर्कने क्रममा भारतीय कार दुर्घटना, चार पर्यटक घाइते
डडेल्धुरामा रात्रीबस दुर्घटना: एक शिशुसहित चारजनाको मृत्यु, १२ घाइते
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा आरूघाटका खड्काको मृत्यु
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
झापामा दुर्घटना, तीन जनाको मृत्यु
यो पनि पढौँ
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु