काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार खरानीको डल्लाजस्तो नभएको बताएका छन्। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको सरकार खरानीको डल्लाजस्तो ‘फु’ गरेर उड्ने खालको सरकार नभएको उनले बताएका हुन्।
अहिलेको सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने उनले दाबी गरे। दसैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।
२०८४ सालको दसैँपछि सरकार परिवर्तन हुने उनको जिकिर थियो । ६९ औं प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्याए।
देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने उनले दाबीसमेत गरे ।
काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिव दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले बनेको सरकारलाई खेलाँची नठान्न चेतावनी पनि दिए।
सम्बन्धित खबर
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता