गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । देवघाट गाउँपालिका-३ का विभिन्न स्थानमा सुन्तलाका बगैँचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।
सुन्तला बगैँचा लगाएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताए । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ ।
आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोग व्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ । सुन्तला बेचेर घर खर्च टार्ने र घर व्यवहार मिलाउने आफ्ना योजना भताभुंग भएको दुखेसो उनले गरे ।
तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ । गत वर्ष लुङग्रिङ गाउँबाट रु. तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस
सम्बन्धित खबर
बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित
म्याग्दीमा अकबरे खुर्सानीको व्यवसायिक खेती
पर्वतको पैयुँ गाउँपालिकाले कोदो उत्पादक किसानलाई अनुदान दिने
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
नेपालमा उत्पादित तरकारी आजबाट कतारमा निर्यात गर्न सुरू
पोखराको महेन्द्रपुलमा साप्ताहिक कृषि हाट बजार सुरू [तस्वीरहरू]
यो पनि पढौँ
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु