बागलुङमा भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

अपराध

बागलुङमा भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

baby death

बागलुङका एक व्यक्तिले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गरेका छन् ।

बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले मंगलबार साँझ ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले जानकारी दिए ।

उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत भेटिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ