स्याङ्जामा ६९ औं प्रहरी दिवस मनाइयो

स्याङ्जामा ६९ औं प्रहरी दिवस मनाइयो

Police day Syangja

नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै स्याङ्जा प्रहरीले ६९ औं प्रहरी दिवस मनाएको छ ।

‘साईवर सुरक्षा आजको आवश्यकता’ भन्ने मुल नारा सहित स्याङ्जा प्रहरीले विविध कार्यक्रम गरी प्रहरी दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिवसको सुभारम्भ गरेकी थिइन् ।

दिवसको सुभकामना व्यक्त गर्दै स्याङ्जा प्रहरीले समुदायमा पुर्याएको सेवाप्रती आफू सन्तुष्ट रहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनले प्रहरी, राज्य र नागरिकबिचको मुख्य सम्पर्क शुत्र भएको हुँदा निर्भीकतापुर्वक आफ्नो जिम्मेवारी पूरा गर्न, व्यवसायिक क्षमता प्रदर्शन गर्न र सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिन अनुरोध गर्दै स्याङ्‌जा प्रहरीले सामान्य घर झैझगडा लगायत जिल्लाभर भएगरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै स्याङ्जा प्रहरीले गर्ने अपराध अनुसन्धान साथै हरेक कार्यक्षेत्रमा अब्बल रहेको समेत स्मरण गराइन् ।

सोही कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा प्रहरीका सकारात्मक कार्य साथै प्रहरी समुदायसँग साझेदारी गर्दै अगाडि बढ्नुपर्ने कुराको स्याङ्‌जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेल, प्रहरी निरीक्षक सुमन चापागाईं, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृष्ण श्रेष्ठ लगायतले चर्चा गरेका थिए ।

सोही अवसरमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरद्वारा प्रेषित सुभकामना सन्देश वाचन गरिएको थियो भने विभिन्न समयमा स्याङ्जा प्रहरीलाई कामकारबाहीमा र अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा निस्वार्थ सहयोग गरि सामुदायिक स्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनलाई उल्लेखनीय सहयोग पुर्याउने सर्वसाधारणहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै, स्याङ्जा जिल्ला घर भई कार्य शिलशिलामा विभिन्न ठाउँमा वीरगति प्राप्त अमर प्रहरीका एघार परिवारलाई र जेष्ठ पूर्व प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्याङ्जा प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी, प्रहरी दिवसका सन्दर्भ पारेर विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय परिसर र मातहतका कार्यालय परिसरमा वृक्षरोपण तथा विभिन्न स्थानमा सरसफाइ गरिएको साथै कार्यालयले आन्तरिक रुपमा सञ्चालन गरेका खेल व्याडमिन्टन, टेवलटेनिस प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

प्रजिअ सुनिता नेपालको प्रमुख आतिथ्यतामा स्याङ्जा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माको अध्यक्षतामा साथै अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी संगठनका अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, समाजसेवी, पूर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार, जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी निरीक्षक सुमन चापागाईंले संचालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ