मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा आरूघाटका खड्काको मृत्यु

दुर्घटना

मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा आरूघाटका खड्काको मृत्यु

car acc bike

तस्वीरः राजु थकाली

मुस्ताङ । मुस्ताङमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जोमसोमबाट लेतेतर्फ आउँदै गरेको ग १ च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ जाँदै गरेको मोटरसाइकल पुथाङ एयरपोर्ट नजिक ठोकिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा आरूघाटका ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । खड्का साथीहरूसँग माथिल्लो मुस्ताङ भ्रमणका लागि गएको बताइन्छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्काको जिल्ला अस्पताल, मुस्ताङमा मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ