कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी पक्राउ

कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी पक्राउ

Ajayababu-siwakoti-nc-ccm1660461343

नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेको जानकारी दिए । ‘म बाटोमा हिँड्दै थिए। बालुवाटार तीन नम्बर गेट अगाडि तीन चारजना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो । नेपालगञ्जको त्यो काण्डवाला रुबी खान लगायतका महिलाहरु अनि एकजना भिडियो खिच्दै थिए। त्यो भिडियो खिच्ने मेरो आफ्नै भाइ विजयबाबु शिवाकोटी रहेछ। म ओर्लेर उसलाई हेर्दा के गरेको भन्न जाँदाखेरि पुलिसले सबैलाई समात्यो । अनि पुलिसले मलाई पनि समात्यो । मैले मेरो परिचय दिँदा पनि मलाई आन्दोलनकारी सम्झेर समात्यो । मैले मेरो परिचय दिए तर पुलिसले छाडेन । पकडेर उनीहरु सहित मलाई पनि माली गाउँ लग्यो’ नेता शिवाकोटीले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ