घाँस काट्न गएकामाथि हात्तीको आक्रमण, एकको मृत्यु

घाँस काट्न गएकामाथि हात्तीको आक्रमण, एकको मृत्यु

elephant-attack

बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकर रहेका छन्।

सोमबार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो।

अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए। खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती मृत फेला परेको थियो। -रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ