लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते

दुर्घटना

लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते

lamjung-acc

लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।

गम्भिर घाइते भएका ५ जनालाई चितवनको भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले बताए ।

घाइतेहरूमा बेसीशहर-७, बस्ने ४० बर्षीय राजु रिमाल, बेसीशहर-६, बस्ने ४० बर्षीया बिमला अधिकारी, ३६ बर्षीय केशव विक, ५ बर्षीय अशिम विक, १९ बर्षीया सुमना सेन्चुरी, ४५ बर्षीय राधा रिमाल र ४७ बर्षीया विमला कार्की, बेसीशहर-३, गाउँशहर बस्ने ३० बर्षीया सृजना भुजेल, ८ बर्षीय विवश भुजेल, २१ बर्षीय बिकास भुजेल, बेसीशहर-६ बस्ने २९ बर्षीया सुविसा थापा, २४ बर्षीय राजेश बस्याल, २४ बर्षीया निशा भण्डारी, ३ बर्षीय रियान बस्याल, ३५ बर्षीय भविश्वर भण्डारी, १६ बर्षका कृतन भण्डारी, १९ बर्षकि सुस्मा रिमाल, ४१ बर्षीय राजेन्द्र रिमाल, १३ बर्षकि सोनिया सेन्चुरी, ४५ बर्षीया राधा रिमाल लगायत छन् ।

सामान्य घाइते रहेका जिप चालक बेसीशहर- ६, बस्ने ५८ बर्षीय कृष्ण बहादुर रिमाल प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ