पोखराको मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबले आयोजना गरेको छैटौं सेभेन ए साइड फुटबलको उपाधि आयोजक ‘ए’ले जितेको छ ।
स्थानीये रामेश्वरी माविको खेल मैदानमा ‘मेरो नेपाल युवा क्लब ‘ए’ र कसेरि टोल–०१ बीच भएको फाइनल खेलमा मेरो नेपालले कसेरीलाई २–१ गोल अन्तरले हराउँदै उपाधिसहित दुई लाख १ हजार १ सय ११ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
उपविजेता कसेरीले १ लाख १ हजार १ सय ११ नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पायो ।
समापन सत्रको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, विशेष अतिथि वडा नं. १४ का वडाध्यक्ष बोध बहादुर कार्की, पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा नरेनलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार गंगा मेमोरियलका आकाश थपलिया, सर्वोत्कृष्ट गोल रक्षक मेरो नेपालका दिप कार्की, उत्कृष्ट डिफेण्डर कसेरीका युडि पुन र सर्वोकृष्ट खेलाडी मेरो नेपालका सिआर गुरुङलाई ट्रफि र नगदसहित पुरस्कृत गरिएको थियो।
प्रतियोगितामा सहभागी ३३ टिममध्ये गंगा मेमोरियल मसिना एफसी अनुशासित टीम बन्यो । समापन कार्यक्रममा विशेष सहयोगदातालाई सम्मान पत्र प्रदान गरिएको अध्यक्ष एकेन्द्र कुवँरले जानकारी दिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अधिकारी, वडाअध्यक्ष थापा, क्लबका तर्फबाट पूर्व अध्यक्ष हरि जिसी र कृष्ण बहादुर कुँवर, सघंसस्थाका तर्फबाट अमर ढुङ्गाना र उमा थापाले बोले ।
सबै तस्वीरः गोलनेपाल डटकम
सम्बन्धित खबर
पोखराले आन्द्रेस गौसलाई भित्र्यायो, एनपीएलमा अनुबन्धन हुने पहिलो विदेशी खेलाडी
काठमाण्डौमा महिला साफ च्याम्पियनशिप आजदेखि सुरू, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै
स्याङ्जा आइसीसी प्रथम पालिकास्तरीय पुरुष भलिबल कप
महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा
बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
पोखरा मझेरीपाटनमा आयोजित छैटौं सेभेन ए साइड फुटबलको उपाधि आयोजक ‘ए’ लाई
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना