स्याङ्जाको चापाकोटमा स्केट पार्क सञ्चालनमा

व्यवसाय

स्याङ्जाको चापाकोटमा स्केट पार्क सञ्चालनमा

४ जना युवाहरू मिलेर ५५ लाखको लगानी

chapakot skate park

स्याङ्जाकाे चापाकोटमा स्केट पार्क सञ्चालनमा आएको छ । चापाकोट नगरपालिका वडा नं. २, पेट्रोल पम्प, सुन्तलीटारमा बनाइएको ‘चापाकोट स्केट पार्क’ को त्यहाँका वडाध्यक्ष टीकाराम श्रेष्ठ (मोहन)ले शुभारम्भ गरे ।

४ जना युवाहरू मिलेर ५५ लाखको लगानीमा चापाकोट स्केट पार्क संचालनमा आएको हो। यसअघि ग्रुपले नेपालका विभिन्न ठाउँमा स्केट पार्क सञ्चालनमा ल्याएको छ । पार्कको शुभारम्भ गर्दै वडाध्यक्ष श्रेष्ठले स्केट पार्कले खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । पछिल्लो समयमा बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।

स्केट पार्कमा एकै पटकमा १ सय जनासम्म खेल्न मिल्ने चापाकोट स्केट पार्कका सञ्चालक चापाकोट ४ घुर्लिचौरका बाबु खाँण ठकुरीले बताए। खेलले स्वास्थ्य र अनुशासित रहन मद्दत गर्ने भएकाले खेल खेल्नु आवश्यक रहेको सञ्चालक ठकुरी बताउँछन् ।

अर्का सञ्चालक कृष्ण भट्टराईले खेलले किशाेर किशाेरी तथा बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन सहयोग गर्ने बताए । चापाकोट स्केट पार्क बिहान ९ बजे देखि बेलुकी ९ बजे सम्म खुल्ने उनले जानकारी दिए । पार्कमा खेल्नका लागि प्रतिघण्टा १५० रुपैयाँ शुल्क निर्धारण गरिएको सञ्चालक भट्टराईले जनाए ।

स्थानीय राजन तिमिल्सिनाले स्याङ्जाको चापाकोटमा स्केट पार्क सञ्चालनमा आउनु खुशीकाे कुरा रहेको बताए ।

  • सुनिल न्यौपाने मार्फत्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds