सावधान !अपांगता भएको नाटक गर्दै कोठामा चोर पस्लान्, पत्रकार जमुना वर्षाको कोठामै चोरी

सावधान !अपांगता भएको नाटक गर्दै कोठामा चोर पस्लान्, पत्रकार जमुना वर्षाको कोठामै चोरी

tab

पोखरा । चोरले अनेक तौरतरिका अपनाउँछन् । दिउँसै आँखै अगाडि छक्याएर सामान चोरी भएको छ पत्रकार जमुना वर्षा शर्माको ।

पत्रकार वर्षाका अनुसार सोमबार पोखरा नयाँबजार स्थित घरमा दिउँसो ३ बजे तिर मुख नबोल्ने नाटक गर्दै एक जना युवक कापी कलम लिएर कोठामा माग्न आए । कोठामा नै आएको देखेर उनी छक्क परिन् । तल्लो तलामा बस्नेले माथि जाउ भनेर पठाएको आशयमा कुरा गरेको वर्षाले बताईन् ।

‘साँच्चै नबोल्ने नै होला भन्ने लाग्यो, हातको ईशाराले पाँच रुपैया भए पनि हुन्छ भन्यो, ब्यागमा खुजुरा जम्मा १५ रुपैया रहेछ । हुन्छ भन्दै टाउको हल्लायो, त्यही दिएँ’ उनले भनिन्– ‘म यता कोठामा थिएँ, उसले त अर्को कोठाबाट टेबुल माथि राखेको छोरीको ट्याब पो चोरेर लगेछ । त्यसमा भएको नम्बर अहिले स्विच अफ छ ’

सो ट्याब्लेट पत्रकार बर्षाकी छोरी प्राप्ति लम्सालले चलाउने गर्थिन् । साँच्चैका अपांगता भएका व्यक्तिप्रति हेर्ने दृष्टिकोणमै आँच आउने गरी भएको यो हर्कतको उनले खेद प्रकट गरिन् । उनले प्रहरीलाई समेत घटनाबारे जानकारी गराईसकेको बताएकी छिन् ।

चोर्ने नियतले विभिन्न बहानामा कोठासम्म आउन सक्छन् भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । होसियार रहनुहोला ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ