गोरखामा एक महिलाको हत्या भएको छ। पालुङटार नगरपालिका–७ घर भएकी २८ वर्षीया रश्मी कुमालको बुधबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए।
‘ती महिलाका पति विदेशमा रहेको खुलेको छ,’ एसपी पाठकले भने, ‘राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी रश्मीको हत्या गरेका हुन्।’
रश्मी सात वर्षीय एक छोराको साथमा घरमा बस्दै आएकी थिइन्।
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।
दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको थियो ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रश्मीको उपचारको क्रममा बिहीबार बिहान तनहुँको दमौली अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ नगरिएको एसपी पाठकले बताए।
‘हत्याको कारण खुलेको छैन। केही व्यक्ति हाम्रो निगरानीमा छन्,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौँ। चाँडै अपराधि पक्राउ पर्छन्।’
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो।
सम्बन्धित खबर
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
काठमाडौँमा गाडी दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, २ जना घाइते
गोरखामा मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता