पोखरामा यस्ता यस्ता चोरहरु, ट्याबमा ‘Found my device’ एप् राखेकै कारण चोर समातिए

पोखरामा यस्ता यस्ता चोरहरु, ट्याबमा ‘Found my device’ एप् राखेकै कारण चोर समातिए

chori-kaski

रञ्जन अधिकारी, पोखरा

घटना १

ट्याबमा ‘Found my device’ एप् राखेकै कारण चोर समातिए

गत जेठ २४ गते पोखरा ६ स्थित शिवराम बरालको घरबाट १४ तोला सुनका गरगहना, ३ थान घडी, १ थान ट्याव चोरी भयो । लामो समयसम्म चोर पत्तो लागेन । तर, चोरी भएकै सामानका कारण चोर प्रहरी खोरमा जाक्किनु परेको छ ।

बरालको घरबाट चोरी भएको ट्याबमा उनका छोरा सुरागले ‘फाउन्ड माई डिभाईस’ एप राखेका थिए । सुरागले तत्काले लोकेसन हेर्न प्रयास समेत गरेका थिए तर ट्याब प्रयोगमा नआएका कारण उनले लोकेशन ट्रयाप गर्न सकेनन् । तीन महिनापछि मात्र ट्याब प्रयोगमा आयो । डिभाइसमा कनेक्ट भएको वाइफाइ युजर नेम देखियो । त्यसपछि प्रहरीलाई जानकार गराइयो ।

आइपी एड्रेस सहायता र इन्टरनेट कम्पनीको सहयोगमा लोकेसन पत्तो लाग्यो । त्यो ट्याब पोखरा–१८ आदर्शवस्ती बस्ने तारानाथ परियारले ५ हजार रुपैयांमा खरिद गरेका रहेछन् । उनै मार्फत पोखरा–२ बागलुङ बसपार्क बस्ने १९ वर्षीय बिकेस केसी, निजको साथमा चोरी गर्न जाने सोहि ठाउँका बर्ष १८ को जिरे भन्ने लक्ष्मण नेपाली पक्राउ परे । तारानाथ परियार पनि अहिले प्रहरी नियन्त्रमा छन् ।

केसी र नेपालीले चोरी भएको सुनका गरगहना डिकमा राखी लागु औषध दिने, केही पैसा समेत दिने गरी सुन राख्ने, तनहुँ घर भई पोखरा २ नालामुख बस्ने बर्ष ३३ की मञ्जु केसीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको जनाएको छ ।

केसी र नेपालीको साथबाट सुनका गरगहना बेरुवा औठी, छाप्रे औठी, जन्तर, डल्लो सुन, मंगलसुत्र, मुन्द्रा, चाँदीको पाउजु, घडी, चन्द्रमा, झुम्का, नौगेडी, ४ थान मोबाइल, नगद ४५ हजार समेत बरामद भएको छ ।

घटना २

हातहतियार देखाएर चोरी गर्दै हिँड्ने ३ जना पक्राउ

यही भदौ २० गते पोखरा २७ रिठेपानीमा हतियार सहित चोरहरु छिरेर घरमा चोरी गर्ने प्रयास भयो ।

राति साढे १२ बजेको समयमा रिठेपानी स्थित घरमा चोरी तथा डाँका उद्देश्यले भ¥याङ, रड, पेचकस, चक्कु, टर्च लाईट, डोरी र धारिलो हतियार समेतका घर फोर्ने तथा चोरी गर्न प्रयोग गर्ने सामानहरु सहित भुईतलाको मुलढोका फोर्न खोजेको तथा मुलढोका फोर्न असफल भए पश्चात पुन घर पछाडीबाट बासको भ¥याङको प्रयोग गरी घरको माथिल्लो तलाको दलान चढि घर ढोका फोडी भित्र पसी परिबारलाइ देख्ने बितिकै धारिलो हतियार फलामको रड तथा फलामको पाइप देखाउन पुगेका थिए ।

उनीहरुले ‘मैले यस्ता चोरीका काम पहिला पनि गरेर जेलनेल खाएर हालसालै छुटेको हुँ । अब मलाई जेलनेलले केही असर गर्दैन’ भन्दै परिबार समेतलाई डरत्रास देखाई धाक धम्की समेत दिई ‘सुनका गरगहना र नगद जे जति छ खुरुक्क दिने भए देउ नदिने भए यही हतियारले हानेर सबै सखाप पार्छु’ भनेपछि परिबारले प्रतिकार गर्दै हारगुहार गर्दा मुख थुनि मुक्काले हानि हतियार समेत प्रयोग गरी सख्त घाईते बनाए । त्यसपछि हारगुहार गरेपछि उनीहरु सामान नै छाडेर भागे ।

केहि समयपछि नै ईलाका प्रहरी कार्यालय हसंपुर कास्कीबाट खटिएको प्रहरी टोलिले नजिकैबाट म्याग्दी कुहुँ घर भई पोखरा २७ बस्दै आएका ५१ बर्षिय पीतमान गुरुङ, ४५ बर्षिय ज्ञान बहादुर अर्मजा, ३१ बर्षिय दिनेश बडुवाल पक्राउ परे ।

पक्राउपछि उनीहरुलाई चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए । उनीहरुलाई अनुसन्धानका क्रममा चोरी गर्दै हिड्ने तीनैजना पहिले पनि विभिन्न मुद्धामा कैद भुक्तान गरे निस्केकाहरु छन् । उनीहरु पोखराका बिभिन्न ठाउँमा भएका स्नाचिङ तथा चोरीका घटनामा समेत संग्लन रहेको प्रमुख रानाले बताए ।

ज्ञान बहादुर अर्मजा २०७३ सालमा जबरजस्ती चोरी (स्नाचिङ ) घटनामा संग्लन भई कैद भुक्तान गरी छुटेका, दिनेश बढुबाल २०७० सालमा म्याग्दीमा कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरी छुटेको र प्रीतिमान गुरुङ लामाचौर स्थित घटनाको डाँका चोरी घटनामा कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

घटना ३

कास्कीमा लुटपाट गर्ने समुह पक्राउ

लुटपाट गर्ने पोखरा ७ मासबार बस्ने २५ वर्षीय प्रतिक पहारी र सोहि ठाउँका २६ वर्षीय गणेश परियार पनि प्रहरी फन्दामा परेका छन् । गत साउन २६ गते राति १० बजे बजे पोखरा २४ रातो पहिरोबाट लेकसाईडतर्फ आउदै गरेको अवस्थामा पोखरा १० अमरसिंहचोक २३ वर्षीय मिथुन के.सी. लुटिएका थिए । स्कुटरमा आएका दुई जनाले नगद १२ हजार, सुनको ब्रासलेट र सामसुङ मोबाइल लुटेका थिए ।

घटना ४

बैंक चोरी हुनु अगावै तयारी गर्दा गर्दै पक्राउ

बैंक चोरी हुनु अगावै तयारी गर्दा गर्दै युवायुवती पक्राउ परेका छन् । पोखरा १४ काजिपोखरी घर भएका २१ वर्षीय सन्देस गुरुङ, म्याग्दी, जलजला गा.पा. ६ बस्ने २० वर्षीया सुनिता पुन मगर र सोहि ठाउँ घर भई पोखरा ९ नयाँबजार बस्ने बर्ष १९ की सुचित्रा थकाली पक्राउ परेका हुन् ।

गत भदौ २१ गते साढे १२ बजे चिप्लेढुंगा, न्युरोडमा डिउटिमा रहेका प्रहरीले शंकास्पद रुपमा २ जना युवती र १ युवक देखेर सोधपुछ गर्न खोज्दा उनीहरु भाग्ने प्रयास गरेका र लखेटेर नियन्त्रणमा लिई अनुसन्धान गर्दा निकट भविश्यमा मुक्तिनाथ बिकास बैंक चोरी गर्ने योजना बनाएको र सो दिन पनि विहान आई रेक्की गरेको र दिन रातमा समेत पुन रेक्की गर्न आएको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ