जोमसोम । हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्परा अनुसार बडा दशैं पर्वको फूलपाती भित्र्याइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आश्विन शुल्क सप्तमीको दिन बिहीबार आ—आफ्नो शक्तिपीठमा फूलपाती भित्र्याएका छन् ।
मुस्ताङको जोमसोमस्थित नारायण दल गणबाट नेपाली सेनाले नवरात्रको पहिलोदिन घटस्थापनामा राखिएका फूलपातीलाई बाँजागाँजासहित जोमसोमको गणेश मन्दिरमा पू¥याएको थियो ।यसैगरी जोमसोम स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्म र जिल्ला प्रहरी कार्यालयले आ—आफ्नो फूलपाती गणेश मन्दिर पू¥याएका थिए । यसरी लगिएको फूलपाती गणेश मन्दिर पू¥याएपछि ३ वटै सुरक्षा निकायका पुरोहितहरुले सामूहिक पूजाआजा गरेका थिए ।
फूलपातीको हिन्दु धार्मिक परम्परा अनुसार पुरोहितले पुजापाठ गरेपछि नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भगवती सलामी अर्पण गरेका थिए । फूलपाती भित्रर्याउने कार्यक्रममा नारायण दलगणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी सुर्यबहादुर बोगटी र सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटरका प्रमुख डिएसपी मनिकर्ण राई लगायत ३ वटै सुरक्षा निकायको उपस्थिति जनाए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित टेक पौडेलले फूलपाती भित्र्याउने कार्यक्रमले दशै पर्व विधिवत शुभारम्भ भएको सन्देश प्रवाह गर्ने उल्लेख गरे ।उनका अनुसार नवरात्र अवधिभर नवदुर्गा भवानीको नियमित पुजाआजा हुने, नवपत्र अर्थात नौ प्रकारका वस्तु मिश्रण गरिएको फूलपाती नजिकैको शक्ति पीठमा पुजाआजा गरेपछि पूनः आआफ्नो स्थानमा भित्र्याउने प्रचलन रहेको छ । मुस्ताङमा सेना,सशस्त्र र प्रहरीले आ—आफ्नो दुर्गा मन्दिरमा फूलपाती भित्र्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका पुरोहित पौडेलको भनाइ छ ।
फूलपातीमा धान, हलेदोको पात, उखुको पात, बेलपत्र, केराको पात, अदुवा, कुभिन्डो, केरा आदि नौ प्रकारको वस्तु समावेश गरिएको हुन्छ । नवरात्र सुरु भएदेखि घटना स्थापनाको दिनसम्म नियमित आ—आफ्नो स्थानको दुर्गा मन्दिरमा फूलपातीको नियमित पूजाआजा गरिने पुरोहित पौडेलले बताए । यसरी नवरात्रको आठौं दिन कालरात्रीको पुजा हुने र कालरात्रीमा कालो बोको बली दिने चलन छ । यस्तै, नवमीमा नवमी पूजा हुने र दशै पर्वको दिन देवीलाई विर्सजन गरिने उनले बताए ।
विभिन्न कारणले दशै पर्वमा आफ्नो घर जान नपाएका ३ वटै सुरक्षा निकायका सैनिक तथा प्रहरीहरुले आफ्नो स्थानबाट दशै टिका ग्रहण गर्ने गर्छन् । मुस्ताङको जोमसोममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाँजागाँजासहित फूलपाती भित्र्र्याउने कार्यक्रमलाई जोमसोमका स्थानीय नागरिक र पर्यटकले निकै उत्सुकतापूर्वक अवलोकन गरेका थिए ।
यसैगरी, बडा दशैं फूलपातीको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा बिहिबार बिहान विशेष पूजा सम्पन्न भएको मुक्तिनाथ विकास समितिका प्रतिनिधि रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा पुजारी कृष्णप्रसाद सुवेदीले नवदुर्गा भवनीको विशेष पुजा गरेका उनले बताए । बडा दशैको दिन विभिन्न कारणले दशै टिका लगाउन नसक्ने अवस्था भएका भक्तजनहरुलाई त्यहाँका पुजारी कृष्णप्रसाद सुवेदीले दशैं टिका र जमरा लगाएर आशीर्वाद दिने गर्छन ।
सम्बन्धित खबर
माइतीघरमा मनाइयो धोती दिवस
आज ‘तोल ल्होसार’ पर्व मनाइँदै
गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा
आज तमु ल्होछार/ल्होसार, गुरुङ समुदायले भव्य रूपमा मनाउँदै
आज ‘क्रिसमस डे’, देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम
नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउँदै
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो