जिल्ला हुलाक कार्यालय स्याङ्जाले १५० औं विश्व हुलाक दिवसको अवसरमा स्याङ्जाका दुई पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।
हुलाक कार्यालय स्याङ्जाले गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो ।
हुलाकले सूचना र सञ्चारको क्षेत्रमा सहयोग गरेको भन्दै पत्रकारलाई सम्मान गरेको हो । यस्तै, पत्र वितरक डिलबहादुर गुरुङ, हल्करा दिवाकर न्यौपाने, प्रभाकर शर्मा, सूर्यप्रसाद अर्याल, गीता पाण्डे, केबुल नेटवर्कका लालप्रसाद श्रेष्ठलाई सम्मान गरेको कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए ।
सम्मानित सबैलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्मान गरेकी थिइन् । कार्यक्रममा सबै हुलाक कार्यालय समयअनुसार गतिशील हुनुपर्ने कुरामा प्रजिअ नेपालले जोड दिइन् । विगतमा मिडिया, इन्टरनेट नहुँदा हुलाक महत्त्वपूर्ण भएको बताउँदै नेपालले क्षेत्र परिवर्तन हुनुपर्ने बताइन् ।
कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष भवानी अधिकारी, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेसन प्रबन्धक रमेश गोदार लगायतले मन्तव्य व्यक्त गरेका थिए। हुलाक कार्यालय स्याङ्जाले १८ लाख ४४ हजार ८५४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मरासिनीले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला