पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको भन्दै छुट दिने मंगलबार पत्रकार सम्मेलनमा जनाएको हो।
मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले जनायो । यो छुट तिहारसम्म लागु हुनेछ।
पछिल्लो समयको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा अप्ठेरो परेको र त्यसले गर्दा पाहुना आउन नसक्दा होटलका कोठा खाली भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
‘यो बेला जुन आकारमा पाहुना हुनुपर्ने हो, त्यो भएनन्,’ सुवेदीले भने, ‘पाहुना अभाव भएपछि छुट दिएर भए पनि आकर्षण बढाउन खोजिएको हो ।’ होटल संघ पोखरामा हाल ४ सय २५ वटा सदस्य होटल रहेका छन् । ती सबै होटलमा यो छुट अनिवार्य गर्ने भनेर परिपत्रसमेत गरेको उनले बताए ।
व्यवसायीका अनुसार यो बेला पोखराका होटलका अकुपेन्सी कम्तीमा ९० प्रतिशत हुनुपर्ने हो । तर, अहिले त्यो आकार ४० प्रतिशत खुम्चिएको उनले सुनाए । दशैँलगत्तै सीमावर्ती भारतीय सहर र स्वदेशभित्रकै ठूला सहरमा ‘जाँउ है पोखरा’ अभियान चलाएर आन्तरिक पाहुनलाई पोखरा घुम्न बोलाउने गरी प्रवद्र्धनात्मक गतिविधि चलाउने योजना रहेको अध्यक्ष सुवेदीले सुनाए।
सम्बन्धित खबर
पोखराका सडक सफा गर्न महानगरले ल्यायो एउटा ब्रुमर मेसिन
पोखरामा राँगोले हानेर ३७ वर्षीय धनञ्जयको मृत्यु
दशैँ तिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
पोखरामा चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा एक जना गम्भीर घाइते
युआरएलको अध्यक्षमा पन्थको निरन्तरता
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
यो पनि पढौँ
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु