पुतलीबजार नगरपालिका -७ ठुलाडिहीमा विजया दशमी तथा सुभ दिपावलीको अवसरमा पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।
`हाम्रो गौरव, हाम्रो सान, हाम्रो ठुलाडिही´,`स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मूल नारालाई आत्मसात गर्दै ठुलाडिही रि-युनाईटेड क्लब ठुलाडिहीद्वारा कार्तिक ५ गतेदेखि १० गतेसम्म ठुलाडिही बहुउद्देश्यीय खेलमैदानमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको खेल संयोजक उत्तम थापाले बताए ।
ठुलाडिही कपको आकर्षणका रुपमा पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताका साथमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम रहने कार्यक्रम संयोजक सन्तोष रानाले जानकारी दिए ।
दुईजना बाहिरी खेलाडी समावेश गर्न पाइने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार रुपियाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
यसैगरी, उत्कृष्ट विधा अन्तर्गत उत्कृष्ट प्लयेर, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र इमर्जिङ प्लयेरलाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
यस्तै, भेट्रान्स तर्फको प्रथम पुरस्कार घोर्ले खसी सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक थापाले बताए ।
सम्बन्धित खबर
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता