सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। श्रीलङ्ककाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो।
खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो। तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो।
नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९–२५ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो।
यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्यो। तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५–२५ ले पछि पर्यो। प्रतियोगितामा नेपालको यो पहिलो हार हो। हिजो भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।
यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ