पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

punya g

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि जोरपाटीमा आक्रमण भएको छ ।

सोमबार राति साढे ९ बजे घर फर्किँदै गर्दा घर नजिकै अज्ञात व्यक्तिले रडले आक्रमण गरेको हो ।

गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए, र उनले चिनेनन् ।

रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याइएका थिए ।

जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि गौतमलाई आइसियुमा राखिएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान जारी छ । गौतम पछिल्लो समय बाढी पहिरोबाट पीडित भएका व्यक्तिको राहतमा वितरणमा सक्रिय थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds