युआरएलको अध्यक्षमा पन्थको निरन्तरता

नयाँ नेतृत्व

युआरएलको अध्यक्षमा पन्थको निरन्तरता

thakur pantha url

गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को छैँटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ ।

युआरएल सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् ।

सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा. बसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा छन् ।

पोखराको सभागृहचोकमा रहेको युआरएलको प्रमुख प्रयोगशालाको अधिवेशनले गुणस्तर कायम राख्न छुट्टै समितिसमेत बनाउने प्रस्ताव पारित गरेको छ । मुख्य कार्यालयसहित युआरएलका सबै शाखा र सेवा केन्द्रको प्रशासनिक कामलाई चुस्त बनाउन तारिणीप्रसाद लम्सालको नेतृत्वमा समिति गठन गरिने भएको छ ।

युआरएल अध्यक्ष ठाकुरले सबै शाखाको साधारणसभा र अधिवेशन मंसिरभित्र सक्ने निर्णय भएको जानकारी दिए । स्थापनाको ११ वर्षको दौरानमा १३ शाखासहित २० ठाउँबाट सेवा दिइरहेको जनाउँदै उनले सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेकाले अग्रणी र लोकप्रिय प्रयोगशालाका रुपमा स्थापित भएको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ