दुलेगौंडाको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३ सय शय्याको अस्पताल बन्ने

दुलेगौंडाको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३ सय शय्याको अस्पताल बन्ने

GP-koirala-hospital-tanahun

पोखरा । भारतले तनहुँको दुलेगौंडाको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई ३ सय शय्या र उपकरणसहित अस्पताल निर्माण गरिदिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष एवम् स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटका क्रममा सोमबार भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

त्यसक्रममा ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयन र एम्बुलेन्स सहायता अभिवृद्धिका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा भारतीय पक्षबाट सहयोग प्रतिबद्धता प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds