तनहुँमा ट्र्याक्टरले ठक्कर दिँदा ८ वर्षीय बालकको मृत्यु

तनहुँमा ट्र्याक्टरले ठक्कर दिँदा ८ वर्षीय बालकको मृत्यु

balak

तनहुँ । तनहुँमा ट्र्याक्टरले ठक्कर दिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१ गल्बुबेसीमा ग १ त ७०३१ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ८ वर्षीय सविन कुमालको मृत्यु भएका हो ।

ज्ञानगङ्गा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमाल ट्रयाक्टरको ठक्करबाट गभिर घाइते भएका थिए । कुमालको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ