गोरखामा क्रेनले च्यापेर १९ वर्षीय प्रिन्सको मृत्यु

दुर्घटना

गोरखामा क्रेनले च्यापेर १९ वर्षीय प्रिन्सको मृत्यु

Crane

गोरखा सदरमुकाममा क्रेनले च्यापेर १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१९ का १९ बर्षिय प्रिन्स अन्सारी रहेका छन् ।

गोरखा नगरपालिका–१० को हुल्चे फाँटमा निर्माणाधिन अविनाश अर्वा एकर ह्याचरी भित्र बा २ क ४९८६ नम्बरको क्रेनले च्याप्दा अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो १२ः३० बजे ह्याचरी भित्रै एक स्थानबाट अर्को स्थानमा क्रेन लाने क्रममा ब्रेक फेल हुँदा अन्सारी च्यापिन गएर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ज्यान गुमाउने अन्सारी हुलास कम्पनीबाट ह्याचरी निर्माणका लागि आएको बुझिएको छ ।

क्रेनका चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३० का २४ बर्षिय अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ