मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

एनप्याव्सन कास्कीको २६ औं साधारणसभा

मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

एनप्याव्सन कास्कीको २६ औं वार्षिक साधारणसभा

pp n pabson (1)

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको शैक्षिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेशनल प्याब्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारणसभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि भट्टले नेपालको शिक्षाको विकासमा सार्वजनिक निजी साझेदारी अवधारणाको शक्तिलाई विकसित गर्नुपर्ने उल्लेख गरे ।

सरकारी क्षेत्रको अनुभव सहितको दक्षता र निजी क्षेत्रको क्षमतायुक्त उर्जाले शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्ने सकिने उनको भनाई थियो ।

सामुदायिक र निजी विद्यालय पढेका विद्यार्थीहरुले समान अधिकार प्राप्त गर्नुपर्नेमा पक्षमा आफू रहेको पनि उनले बताए ।

शिक्षा सम्बन्धी नयाँ ऐन आउन लागेका बेला आफ्नो समानताको अधिकारका सवालमा जागरुक हुन पनि भट्टले आग्रह गरे । निजी विद्यालयमा पढेका विद्यार्थीहरुको नतिजा राम्रो आएको भन्दै भट्टले भने – ‘निजि विद्यालयमा नै अध्ययन गर्ने विद्यार्थीको रिजल्ट उत्कृष्ट देखिएको छ । तपाईंहरुले शिक्षा क्षेत्रमा पु¥याएको अथक मेहनत र योगदानको राज्यले महशुस गरेको छ ।’

प्राविधिक सीप विनाको सैद्धान्तिक डिग्री प्रभावकारी नहुने बताउँदै उनले विश्व प्रतिष्पर्धामा उत्रन प्राविधिक शिक्षा अपरिहार्य रहेको उल्लेख गरे । धेरै विद्यार्थी अध्ययन गर्ने निजी विद्यालयहरुले विद्यार्थीको आचरण, अनुशासन र चरित्र निर्माणमा विशेष ख्याल राख्न आग्रह गरे ।

आफू पनि १४ वर्ष शिक्षक भएर सेवा गरेको स्मरण गर्दै उनले राजनीतिक अभियोग लगाई राज्यले निश्कासन गर्दा पनि यस क्षेत्र नछाडेको बताए ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले लामो समयसम्म संघिय शिक्षा ऐन नआउँदा शैक्षिक क्षेत्रमा समस्या बल्झिएको बताए । ‘तत्कालिन राजा महेन्द्रका पालामा बवनेको शिक्षा ऐन बल्ल ५३ वर्ष पछि बन्दै छ’ उनले भने– ‘संघिय शिक्षा ऐन नबन्दा स्थानीय तहमा भएका फरक फरक कानुनले अप्ठ्यारो परेको छ ।’ पछिल्लो समय धेरै मानिस डिप्रेशनको सिकार बनेको बताउँदै जीवन जिउने खालको शिक्षा अहिलेको आवश्यकता रहेको प्रष्ट पारे ।

एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष राम बहादुर मोचीले परीक्षालाई लक्षित गरेर पढाइ हुने गरेको बताउँदै अब कक्षा कोठाको सिकाइ लक्षित परीक्षाको व्यवस्था हुनु पर्ने उल्लेख गरे । उनले राष्ट्र र समाजलाई खाँचो र आवश्यकता महशुस गरी काम गर्न सकेमा निजी विद्यालयको महत्व बढ्ने बताए ।

साधारण सभामा संस्थाका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, र लेखा संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, नेशनल प्याब्सनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराई, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेल्टा कास्कीका अध्यक्ष अजय थापा, प्रज्ञा पब्लिकेशनका रमेशराज बराल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रशाशन सचिव जीवन दाहालले शुभकामना मनतव्य व्यक्त गरे ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds