गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।
विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता पालिकामा माग गर्ने र त्यसका आधारमा पालिकाले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।
शिक्षक र कर्मचारीको तलब भत्ता बैंकमार्फत् भुक्तानी हुनुपर्छ । तर कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले हालै लिखित रूपमै निर्देशन दिएको हो । कतिपय शिक्षक र कर्मचारीले मुख्य पर्व दशैँ आइसक्दा पनि तलब भत्ता पाउन नसकेको गुनासोसमेत गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा महिलालाई नि:शुल्क लोकसेवा तयारी कक्षा
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीका लागि अन्तिम मौका परीक्षा
त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा