चरकको प्राविधिक सहयोगमा रेडक्रस पोखरा–१० मा पाठेघर शिविर, एक सय महिला लाभान्वित

स्वास्थ्य शिविर

चरकको प्राविधिक सहयोगमा रेडक्रस पोखरा–१० मा पाठेघर शिविर, एक सय महिला लाभान्वित

ivr check

पोखरा । नेपाल रेडक्रस सोसाइटी, पोखरा १० उपशाखा अन्तर्गत लैंगिक तथा सामाजिक समावेशीकरण उपसमितिको आयोजनामा शुक्रबार भएको स्वास्थ्य परामर्श तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी (भीआईए) शिविरबाट करिब एक सय महिला लाभान्वित भएका छन् ।

पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले चिकित्सकीय सुविधा प्रदान गरेको उक्त शिविर शहरी स्वास्थ्य केन्द्र वडा नं. १० को समन्वय र राम मन्दिर महिला समूहको विशेष सहयोगमा सञ्चालन भएको कार्यक्रमकी संयोजक एवं लैंगिक तथा सामाजिक समावेशीकरण उपसमिति संयोजक लेखमाया पुनले जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नं. १० का अध्यक्ष राजेश गुरुङले वडाले गर्नुपर्ने काम रेडक्रस सोसाइटीले गरेकोमा आभार व्यक्त गर्दै शिविर प्रभावकारी भएको बताए ।

कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यवाहक मन्त्री रमा कोइराला लगायतले बोलेका थिए ।

चरक हस्पिटलबाट स्त्रीरोग विशेषज्ञ डा. विष्णु पालिखेको नेतृत्वमा चिकित्सकीय टोली शिविरमा खटिएको हस्पिटलका पिआरओ शोभित सुवेदीले जानकारी दिए ।

जाँचका क्रममा २ जनाको भिआइए टेस्ट पोजिटिभ आएको, केहीका पाठेघरमा मासु पलाएको, आङ खसेको पाइएको कार्यक्रम संयोजक पुनले जानकारी दिइन् ।

सोसाइटीका कार्यवाहक सभापति पवित्रादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सुष्मा पौडेलले स्वागत र सचिव जनुका थापा अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ