पोखरा । ‘विश्व सबै प्राणीको साझा घर हो’ भन्ने मूल नाराका साथ विश्व पशुपन्छी दिवस नेपालमा पनि मनाइएको छ । पोखरामा पनि एक कार्यक्रम गरी यो दिवस मनाइयो ।
पशुपन्छी कल्याणका क्षेत्रमा पैरवी गर्दै आएको संस्था एनिमल नेपालले पोखरासहित काठमाण्डौ, चितवन, बारा, नेपालगन्ज विभिन्न कार्यक्रमहरू गरी दिवस मनाएको हो ।
पोखरामा पनि रेवान पोखरा, लेयर्स कुखुरा पालक किसान तथा अण्डा सप्लायर्सहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
हरेक वर्ष अक्टूबर ४ का दिन मनाइने यो दिवस विश्वमा पशुपंछी प्रति हुने विभिन्न किसिमका हिंसा तथा दुर्व्यवहारहरुको विरोध तथा उनीहरूको पनि मानव सरह अस्तित्व छ भन्ने सन्देश स्वरूप विश्वभर मनाउने गरिन्छ ।
अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका लागि काम गरिरहेको एनिमल नेपालले पर्यटकीय राजधानी पोखरामा रेष्टुरेन्ट संचालकहरूलाई पशुपन्छी कल्याण सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको एनिमल नेपालका सुपरभाइजर देव उपाध्यायले बताए ।
पोखराका विभिन्न रेष्टुरेन्टका प्रतिनिधि, अण्डा उत्पादक किसान तथा अण्डा सप्लायर्सहरूको सहभागिता रहेको कार्यक्रममा खुला रूपमा पालिएका अर्थात तनाव मुक्त वातावरणमा हुर्किएका कुखुराबाट उत्पादित अण्डा उपभोग तथा बिक्री वितरण गर्नु मानव स्वास्थ्यका लागि फाइदाजनक रहेकोमा जोड दिइएको थियो ।
अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका लागि पैरवी गर्दै आएको एनिमल नेपालले रेवान पोखराका प्रतिनिधिहरूलाई पिंजडामुक्त कुखुराबाट उत्पादित अण्डा उपभोग गर्ने कुरामा प्रतिबद्धताका लागि अनुरोध गरेको छ ।
यो विषय कुखुराको कल्याणका साथै मानव स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकोले आफूहरू पिंजडामुक्त खोरमा उत्पादित अण्डा बिक्री वितरणमा जोड दिने प्रतिबद्धता उनीहरुले गरेका थिए ।
सम्बन्धित खबर
च्याङ्ग्रा बेच्न रारा तालदेखि फेवा तालसम्म
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के
चरकको प्राविधिक सहयोगमा रेडक्रस पोखरा–१० मा पाठेघर शिविर, एक सय महिला लाभान्वित
पोखरामा पनि विश्व पशुपन्छी दिवस मनाइयो
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
कास्कीका नयाँ एसपी ओलियाको पहिलो प्राथमिकता ‘गुण्डागर्दी नियन्त्रण’
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन