लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या

लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या

mrita fela

लमजुङ । लमजुङमा बुबाले हँसिया प्रहार गरी छोराको हत्या गएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरा प्रोबी गाउँमा ५७ वर्षीय बुबा सन्तबहादुर तामाङले २७ वर्षीय छोरा सोमबहादुर तामाङलाई हँसिया प्रहार गरेका थिए ।

शुक्रबार साँझ ५–६ बजेको समयमा दुवैजना मदिरा सेवन गरेर बसेको र एकआपसमा झगडा भएपछि घटना घटेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार बाउछोराबीच भनाभन भएपछि सुरुमा छोराले बाउलाई मुक्का हानेको र त्यसपछि बुबाले नजिकैको हँसिया लिएर प्रहार गर्दा छोराको घाँटीमा लागेको देखिएको छ ।

बुबाको हँसिया प्रहारबाट गम्भीर घाइते छोरालाई शुक्रबार राति सवा ८ बजेतिर बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । लमजुङ अस्पतालमा सामान्य उपचारपछि चितवन रिफर गरिएकोमा भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शनिबार बिहानपख सवा ३ बजेतिर सोमबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तत्काल खुदी प्रहरी चौकीबाट प्रहरी खटिएको र घटनामा संलग्न सन्तबहादुरलाई नियन्त्रणमा लिइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ