पोखरा र भैरहवामा न्यारो बडी उडाउन निगम र हिमालय एयरलाइन्स तयार

सहजता

पोखरा र भैरहवामा न्यारो बडी उडाउन निगम र हिमालय एयरलाइन्स तयार

दशैंमा हवाई चाप कम गर्न पर्यटन मन्त्रीको पहल

nepal airlines himalayan

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले न्यारोबडी जहाजबाट उडान भर्न सकारात्मक भएका छन् ।

शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेसँग मन्त्रालयमा छलफल गर्दै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले दुई विमानस्थलमा न्यारोबडी उडानका लागि सकारात्मक भएको बताएका हुन् ।

केही दिनको लगातारको वर्षापछि सडकमार्ग अवरुद्ध हुँदा हवाई क्षेत्रमा यात्रुको चाप छ । यात्रुको चाप हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन विमानस्थलमा राति १२ बजेसम्म र विहान ४ बजेबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । तर पनि विमानस्थलमा यात्रुको चाप उच्च छ भने काठमाडौं बाहिरिने यात्रुले विमानको टिकट पाउन सकेका छैनन् । देशको पश्चिमी भेगतिर जाने यात्रुले टिकट नपाएको गुनासो छ ।

न्यारोबडीमा करिब १८० यात्रुले एकै पटक यात्रा गर्न मिल्छ । यात्रु तयार छन् भने उडानमा केही समस्या नभएको निगम र हिमालयको भनाइ छ ।

क्लिकमाण्डुमा खबर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ