कास्कीका नयाँ एसपी ओलिया भन्छन्ः गुण्डागर्दी नियन्त्रण पहिलो प्राथमिकता

कास्कीका नयाँ एसपी ओलिया भन्छन्ः गुण्डागर्दी नियन्त्रण पहिलो प्राथमिकता

shyambabu oliya

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले गुण्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार यहाँका पत्रकारसँग परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै आफ्नो पहिलो काम गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताए । ‘मेरो पहिलो कार्य भनेको गुण्डागर्दी नियन्त्रण गर्नु हो । जिल्ला प्रहरी मातहातमा रहेका र जिल्लामा भइरहेका गुण्डागर्दीलाई हामी नियन्त्रण गर्छौ’ उनले भने ।

जिल्लाको नेतृत्व लिए पछि पहिलो पटक कार्यकक्षमा पत्रकारसंगको अन्तरक्रियामा अलियाले गुण्डागर्दी नियन्त्रणका लागि काम सुरु गरिसकेको बताए ।

उनले लागूऔषको अत्याधिक कारोवार भएको देखिएकाले त्यसको नियन्त्रणको लागि काम गर्ने योजना सुनाए । पोखरा पर्यटकीय नगरीमा सिसिटिभिको निगरानी बढाउन कहाँ कहाँ क्यामेरा जडान गर्ने भनेर अध्यन गरिरहेको बताए ।

चाडपर्व सुरक्षाका लागि योजना बनाएको र त्यसका लागि ११ सय बढि प्रहरी परिचालन हुने अलियाले बताए । पोखरालाई अपराधमुक्त र अपराध रहित बनाउने लक्ष्य रहेको अलियाले सुनाए ।

पत्रकारले पोखरामा रात्रिकालिन व्यवसाय र नाइट क्लबमा बाउन्सरको दादागिरी रोक्ने बारेमा प्रश्न गर्दा उनले गुण्डागर्दी त्यही भएका सुनाए ।

‘अघि बाउन्सरको कुरा गर्नुभयो । एउटा बाउन्सरले प्रहरीको सरुवा गर्छ, गुण्डागर्दी भनेकै यही हो । अहिलेको गुण्डागर्दी फोन गरेर मलाई १५ लाख ले वा एक करोड ले भनेर कसैले मागेको अवस्था देखिदैँन’ उनले भने, ‘यो घुमाउरो पाराले हुन्छ । यस्तो घुमाउरो किसिमले हुने गुण्डागर्दीलाई प्रहरीले नियन्त्रण गर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ