स्याङ्जाको आँधीखोला गाउँपालिका -२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
शुक्रबार बिहान १० बजे शिरुबारी देखी पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्क स्थित भित्री सडकखण्डमा ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी जिपमा सवार चालकसहित ९ जना मध्ये घाइते भएका सात जनालाई सेतिदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको डिएसपी पौडेलले बताए ।
दुर्घटनामा आँधीखोला गाउँपालिका -५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाईं, कास्की पोखरा महानगरपालिका -११ कि तीन वर्षीय सोफिया नेपाली, पोखरा छोरेपाटनकी १६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी- ५ कि ५८ वर्षीय शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल, घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।
जिप चालक अर्जुनचौपारी गा.पा. ५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरीको नियन्त्रणमा रहेको, जिप घटनास्थलमा रहेको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।
सम्बन्धित खबर
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
ल्वाङगाउँ भलिबलः उपाधिका लागि युके लण्डन र घाचोक भिड्ने
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु