सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको कति पुग्यो?

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको कति पुग्यो?

sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य अहिलेसम्मकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक लाख ६१ हजार ३ सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि बिहीबार सुन एक लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ