स्याङ्जाको आँधीखोला गाउँपालिका -२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
शुक्रबार बिहान १० बजे शिरुबारी देखी पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्क स्थित भित्री सडकखण्डमा ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी जिपमा सवार चालकसहित ८ जना मध्ये घाइते भएका सात जनालाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको डिएसपी पौडेलले बताए ।
घाइतेको विवरण :
१) स्याङ्जा आँधीखोला गा.पा.५ का ५० वर्षीय आत्मराम सिग्देल, देब्रे हातमा सामान्य चोट, अवस्था सामान्य ।
२) स्याङ्जा आँधीखोला गा.पा.५ कि ८४ वर्षीय कलावती घिमिरे, देब्रे हातमा र अनुहारमा सामान्य चोट, अवस्था सामान्य ।
३) स्याङ्जा आँधीखोला गा.पा.५ कि ३२ वर्षीय सिर्जना चापागाईं, शरिरमा भित्री चोट, अवस्था सामान्य ।
४) कास्की पोखरा महानगरपालिका छोरेपाटन कि १६ वर्षीय अमना नेपाली, देब्रे हात र दुवै खुट्टामा चोट, अवस्था सामान्य ।
५) स्याङ्जा अर्जुनचौपारी गा.पा.५ कि ५८ वर्षीय शान्ति कुमारी सापकोटा, भित्री चोट, अवस्था सामान्य ।
६) स्याङ्जा अर्जुनचौपारी गा.पा.५ का ६१ वर्षीय शिव सिग्देल, शरिरमा भित्री चोट, अवस्था सामान्य ।
७) कास्की पोखरा महानगरपालिका ११ कि मनिषा नेपाली, सकुशल र निजकी ३ वर्षीय छोरी सोफीया नेपाली भित्री चोट, अवस्था सामान्य ।
सम्बन्धित खबर
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
ल्वाङगाउँ भलिबलः उपाधिका लागि युके लण्डन र घाचोक भिड्ने
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु