लोगो डिजाइनका लागि अनेरास्ववियु कास्कीको आह्वान, उत्कृष्टलाई नगद पुरस्कार

लोगो डिजाइनका लागि अनेरास्ववियु कास्कीको आह्वान, उत्कृष्टलाई नगद पुरस्कार

anerasyabiu

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीले यहि मङ्सिर २६ र २७ गते दुई दिने विद्यार्थी महोत्सव -२०८१ पोखरामा गर्दैछ ।

महोत्सव लक्षित गरी अनेरास्ववियुले लोगो डिजाइनका लागि सूचना प्रकाशित गरेको छ । लोगोमा कास्की जिल्लाको भौगोलिक महत्त्व झल्किने, विद्यार्थी महोत्सव देखिने र नवप्रवर्द्वन , खोज, उद्यमशिलता तथा सहभागिता झल्कने हुनुपर्नेछ ।

लोगो यही कार्तिक २ गते भित्र अनेरास्ववियुको [email protected] ईमेल आईडिमा मेल गर्नु पर्नेछ । उत्कृष्ट लोगो डिजानरलाई नगद पाँच हजार रुपैयाँको पुरस्कार राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ