पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुका बिहीबार बिहानैदेखि घुँइचो छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान खिचेको थियो ।
समितिले १७ वर्षदेखि मन्दिरमा नवदुर्गा महोत्सव गर्दै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा शोभायात्रा भने राष्ट्रिक शोक घोषणाले स्थगित गरी अन्य कार्यक्रमलाई निरन्तरता दिइएको श्रेष्ठले बताए ।
यस्तै, श्रीमद भागवत ज्ञान महायज्ञ सुरु भएको छ । बिहान र दिउँसो गरी महायज्ञमा संगीतमय झाँकीसहित कथावाचन गरिने छ । विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद भागवत कथा प्रवचन हुनेछ ।
मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले विश्वास रहेको बताए ।
२०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ । यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ ।
यहाँ २०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालित छ । जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन् । हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ । समितिले एम्बुलेन्स सेवा पनि सञ्चालन गरिसकेको छ । मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भर्याङ (लिफ्ट) व्यवस्था गरिएको छ ।
समितिले पोखरा अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय भर्खरै सञ्चालन गरेको छ ।
सम्बन्धित खबर
पोखराका बजारमा चाडबाड केन्द्रीत अनुगमन
पोखरामा गुञ्जिए जनताका गायक जीवन शर्मा
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु
एमेच्योर फुटबलमा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन
शान्ति निकेतन स्कूलको ‘डिलाइट अफ क्रियशन’ पुस्तक विमोचन
सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन