मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु

मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु

goli

पोखरा । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमाला सीमा नजिकै गोली प्रहारबाट ६ जना आप्रवासीको ज्यान गएको मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।

दुई जना सिपाहीले ट्रकमा गोली हान्दा चार जना आप्रवासीको घटनास्थलमै ज्यान गएको र अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये पछि थप दुई जनाको ज्यान गएको र १० जनाको अवस्था थाहा नभएको खबरमा उल्लेख छ।

यो घटनामा ज्यान गुमाउनेहरूको बारेमा विवरण प्राप्त भइसकेको छैन । ट्रकमा ३३ जना आप्रवासी रहेकामा १७ जना भने सकुशल रहेका बताइएको छ । गोली हान्ने दुई जना सिपाहीलाई जिम्मेवारीबाट हटाइएको र अनुसन्धान भइरहेको विभागको भनाइ छ ।

यसअघि सन् २०२१ मा अर्धसैन्य राष्ट्रिय गार्डले यही क्षेत्रमा आप्रवासी बोकेको ट्रमा गोली हान्दा एक जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ